हेर्नुस्, हलिउड शैलीको एक्सनले भरिएको ‘साहो’को ट्रेलर

अगस्ट 12,2019
183 पटक हेरिएको

यस वर्षको बहुप्रतिक्षित चलचित्र ‘साहो’को ट्रेलर सार्वजनिक भएको छ। २ मिनेट ४६ सेकेण्ड लामो ट्रेलर हलिउड शैलीको एक्सनले भरिएको छ। श्रद्धा कपुर र प्रभास स्टारर चलचित्रलाई सुजिथले निर्देशन गरेका हुन्।

चलचित्रमा दुबै जना प्रहरीको भूमिकामा छन्। चलचित्रमा प्रभास र श्रद्धाका अलावा चंकी पाण्डे, ज्याकी श्रफ तथा निलि नितिन मुकेशको प्रमूख भूमिका रहेको छ।

चलचित्र अगस्ट ३० मा रिलिज हुँदैछ।