‘साइँली’काे गीतमा गाैरव र दयाले यस्ताे रुप (भिडियाे)

फेब 25,2019
220 पटक हेरिएको

चलचित्र ‘साँइली’को नयाँ गीत सार्वजनिक भएको छ । ‘प्याटप्याटे..’बोलको गीत बुधबार युट्युब मार्फत सार्वजनिक गरिएको थियो । गीतमा चलचित्रका मुख्य कलाकारहरु गौरव पहारी, दयाहाङ राई, मेनुका प्रधान, केनिपा सिंह फिचर्ड छन् । गीतमा सुशान्त गौतमको स्वर रहेको छ भने सुशान्त गौतमको नै संगीत रहेको छ

गायक हेमन्त राईको सुपरहिट गीत ‘साइँली’को नाम सापटी लिदैँ निर्माण गरिएको चलचित्र ‘साइँली’लाई राम बाबु गुरुङले निर्देशन गरेका हुन् भने कथा गुरुङ स्वयमले लेखेका हुन् । चलचित्रमा गौरव, मेनुका, दयाहाङ, केनिपाको साथै प्रकाश घिमिरे, पुस्कर गुरुङ, अरुणा कार्की लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा लगानी बिशाल गुरुङ र मोहन राना मगरको रहेको छ  भने चलचित्रलाई गायक हेमन्त राणा र नायक गौरव पहारीले निर्माण गरेका हुन् ।यो चलचित्र चैत्र १५ गतेबाट रिलिज हुदैँछ ।

  • 3
    Shares