‘सरौतो’ को गीत ‘केहि आधामा’ सुमी र सन्नीको यात्रा(भिडियो)

सेप 30,2019
108 पटक हेरिएको

चलचित्र ‘सरौतो’को दोस्रो गीत ‘केही आधा’ सार्वजनिक भएको छ । कार्तिक २२ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रको सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकार सुमी मोक्तान र सन्नी सिंहलाई फिचर्ड गरिएको छ । गीतमा पुष्पन प्रधानको शब्द, सङ्गीत तथा स्वर रहेको छ । निर्देशक हरि हुँमागाईको कोरियोग्राफी रहेको गीतको भिडियो बनाउन निकै मेहनत गरेको बताइएको छ । सात प्रदेशका १४ सुन्दर लोकेसनमा खिचिएको चलचित्रले भिजिट नेपाल २०२० लाई सहयोग पुग्ने निर्माण पक्षले विश्वास लिएको छ । चलचित्रमा अभिनेत्री सुमीले साइलेन्स किलर गर्लको भूमिका निर्वाह गरेका छिन् । भने चलचित्रमा उनको दमदार एक्सन देख्न सकिन्छ । यस अघि सरौतोको एक गीत र टिजर सार्वजनिक गरिसकिएको छ । राघव कृष्ण गौतमको कथा, पटकथा र संवाद रहेको चलचित्रमा विजय लामा, सन्नी सिंह, धिरेन शाक्य, युवराज लामा, आमिर गौतम, लेओ टंक, सम्पदा दाहाल, अरुणा कार्कीको अभिनय रहेको छ ।

हरि हुँमागाई चर्चित छायाकार हुन् र यसै चलचित्रबाट उनले निर्देशनमा डेब्यु गरेका हुन् ।  शङ्कर महर्जनको द्वन्द्व निर्देशन, निमेष श्रेष्ठको सम्पादन रहेको चलचित्रलाई बिके फिल्मस् र एफ डी कम्पनीले प्रदर्शनको जिम्मेवारी सम्हालेका छन् । विर्जना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रकी कार्यकारी निर्माता सिर्जना जोशी हुन् ।