‘मेरो माया के हो’ भन्दै साम्राज्ञी र अंकित(भिडियो)

अगस्ट 10,2019
140 पटक हेरिएको

साम्राज्ञी राज्यलक्ष्मी शाह स्टारर चलचित्र ‘रातो टिका निधारमा’को पहिलो गीत सार्वजनिक भएको छ । ‘मेरो माया के हो’ बोलको रोमान्टिक गीतमा अभिनेत्री साम्राज्ञी  र नव अभिनेता अंकित शर्मा फिचर्ड छन् । गीतमा निशान भट्टराई र अस्मिता अधिकारीले स्वर रहेको छ भने रवि मल्लको शब्द र कल्याण सिंहको सङ्गीत रहेको छ । चलचित्रलाई अशोक शर्माले निर्देशन गरेका हुन् । सार्वजनिक गीतको भिडियोमा वसन्त श्रेष्ठले कोरियोग्राफी गरेका हुन् ।

साम्राज्ञी र अंकितको रोमान्टिक जोडी गीतमा निकै खुलेको छ । ए.ए ग्रुप अफ कम्पनीजले निर्माण गरेको चलचित्रमा साम्राज्ञी र अंकितसँगै नीता ढुङ्गाना, बुद्धि तामाङ, रविन्द्र झा, शिवहरि पौडेल, खुस्बु खड्का, लक्ष्मी गिरी, अरुणा कार्की, वसुन्धरा भुसाल, जयनन्द लामा, राजराम पौडेल, कमला रेग्मीलगायतका कलाकारको अभिनय रहेको छ । ‘रातो टिका निधारमा’लाई किरण शर्मा र कृति शर्माले निर्माण गरेका हुन् । चलचित्र दसैँमा रिलिज हुँदैछ ।