चलचित्र ‘ए मेरो हजुर ३’को गीत सार्वजनिक

मार्च 16,2019
65 पटक हेरिएको

चलचित्र ‘ए मेरो हजुर ३’को पहिलो गीत सार्वजनिक भएको छ । नेपाल लगायत अमेरिकाको रमणिय स्थानमा छायाँकन गरिएको ‘जिन्दगी नै भन्दिन’ बोलको सार्वजनिक भएको हो । गीतमा गायक सुगम पोखरेल र प्रविशा अधिकारीको मुख्य भूमिका रहेको छ ।

गीतमा एकनारायण भण्डारीको शब्द र आकाश अविरलको संगीत रहेको छ । भिडियोमा चलचित्रका मुख्य नायक अनमोल केसी र नव नायिका सुहाना थापाको केमेष्ट्रि देख्न सकिन्छ । भिडियोमा आर्कषक दृश्यको साथमा यो जोडीलाई पनि निकै राम्रो देखिएको छ ।

भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् ।झरना थापाको निर्देशन तयार भएको चलचित्रमा अनमोल र सुहानाको साथमा सलोन बस्नेत, अर्पण थापा, रविन्द्र झा लगायतका कलाकारको अभिनय रहेको छ। सुनिल कुमार थापा निर्माता रहेको चलचित्र चैत्र २९ गतेबाट रिलिज हुदैछ।

  • 2
    Shares