चलचित्र अमेरिकन बाबु मेड इन नेपाल हलमा रिलिज नभएर युुटुबबाट रिलिज हुँदै

अप्रिल 6,2019
817 पटक हेरिएको

राजेश गुरुङ, मन्जु राना, संझना उप्रेतीले निर्माण गरेको अमेरिकन बाबु मेड इन नेपाल’ नामक चलचित्र हलमा रिलिज नभएर युुटुबबाट रिलिज हुने भएको छ । अमेरिका पुगेर उतै रमाएकी नायिका हुन् नन्दिता केसी । कुनै समय नेपाली चलचित्र क्षेत्रमा राम्रै क्रेज बनाएकी नन्दिताको अहिले चर्चा परिचर्चा शुन्य जस्तै छ । यो चलचित्रलाई इश्वर थापाले निर्देशन गरेका हुन् । चलचित्रका निर्माता सबै नेपालबाहिर रहेको र वितरकसँग बारम्बार ताकेता गर्न नसकेका कारण सोझै युुटुबमा चलचित्र रिलिज गरिएको थापाले बताए । चलचित्रको लगानीको ८० प्रतिशत अमेरिका र क्यानडाबाट उठिसकेको जानकारी समेत उनले दिए ।चलचित्रमा बाबु बोगटी, नन्दिता केसी, स्मृति पोखरेल, एहशान ढकाल लगायतको अभिनय छ ।