‘घामड शेरे’को ट्रेलर सार्वजनिक

अक्ट 15,2019
99 पटक हेरिएको

निश्चल बस्नेत र स्वस्तिमा खड्का स्टारर चलचित्र ‘घामड शेरे’को ट्रेलर सार्वजनिक गरिएको छ ।

हेमराज बिसी निर्देशित चलचित्रको शिर्ष भूमिकामा निश्चल छन् । चलचित्रमा स्वस्तिमा खड्काले ‘घामड शेरे’को सालीको भूमिका निर्वाह गरेकी छन् । भने, सुष्मा निरौला पत्नीको भूमिकामा छिन् । चलचित्रमा बादल भट्ट, लोकेन्द्र लेखक, रोय, सरोज अर्याललगायतका कलाकारको पनि अभिनय छ ।

निर्देशक विसीकै कथा, पटकथा रहेको चलचित्रलाई कर्णाली प्रदेशको सुर्खेत र सल्यान जिल्लामा खिचिएको छ । बिसी मोसन पिक्चर्सको व्यानरमा निर्मित चलचित्रमा कालीप्रसाद बाँस्कोटाको संगीत, नरेन्द्र मैनालीको डिओपी र सुरेन्द्र पौडेलको सम्पादन छ । नरेन्द्रविक्रम बुढा क्षेत्री कार्यकारी निर्माता रहेको सिनेमामा निर्देशक बिसी र सिमोश सुनुवारको लगानी छ ।