‘कागजपत्र’को पहिलो गीत ‘माया संसार..’ सार्वजनिक

फेब 8,2019
574 पटक हेरिएको

कागजपत्र’ चलचित्र ले आफ्नो पहिलो पहिलो गीत सार्वजनिक गरेको छ ।

मंगलवार राजधानीमा एक कार्यक्रमका बीच चलचित्र को ‘माया संसार…’ बोलको गीत सार्वजनिक गरिएको हो ।

गीतमा हर्कुलस बस्नेतको संगीत तथा स्वर छ ।

इपी एजुकेशन अष्ट्रेलियाको प्रस्तुतीमा तयार भएको चलचित्र वल्र्डवाइड सिनेमास् र अस सिनेमाको संयूक्त व्यानरमा निर्माण भएको हो।

चलचित्र सामाजिक तथा कमेडी कथामा निर्माण गरिएको निर्देशक तथा लेखक अपिल बिष्टले बताए । यसको निर्मातामा खिलेन्द्र तिमल्सिना, मुकेश रेग्मी र प्रजापती सिवाकोटी छन् ।

चलचित्रमा किरण न्यौपाने र सरस्वती श्रेष्ठ सह-निर्माताको रुपमा रहेका छन् । चलचित्रमा नाजिर हुसेन , शिल्पा मास्के भोलाराज सापकोटा र सरिता गिरीको प्रमुख भूमिका रहेको छ । चलचित्र चैत ८ मा रिलिज हुँदैछ ।

  • 1
    Share