कबड्डी कबड्डी कबड्डी’ को टिजरमा दयाह्याङ र उपासना प्रेममा (भिडियो सहित)

जुलाई 8,2019
256 पटक हेरिएको

असार २२ – भाद्र १३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ को टिजर सार्वजनिक भएको छ ।सुपरहिट चलचित्र ‘कबड्डी’ को तेस्रो सिरिज ‘कबड्डी कबड्डी कबड्डी’ को टिजर आइतबार सार्वजनिक भएको हो । १ मिनेट २९ सेकेण्ड लामो टिजरमा चलचित्रका मुख्य कलाकारहरु दयाह्याङ राई, उपसना सिंह ठकुरी, बिजय बराल, माओत्से गुरुङ, पुष्कर गुरुङ आदी फिचर्ड रहेका छन् ।

टिजरमा कलाकारहरु दयाह्याङ राई, उपसना सिंह ठकुरी, बिजय बराल हाबी भएका छन् । सार्वजनिक ट्रेलरका अनुसार ‘कबड्डी कबड्डी’ जहाँ अन्त्य हुन्छ ‘कबड्डी कबड्डी कबड्डी’ त्यही बाट शुरु हुन्छ । टिजरमा दयाह्याङ मैया अर्थात रिश्मा गुरुङको तस्बिर हेरेर बसिरहेको देखाईएको छ । उनी अझै पनि मैयालाई माया गर्छन् भन्ने कुरा टिजरमा प्रष्ट देखाईएको छ । तर टिजरमा उपासनाको इन्ट्री हुन्छ र दयाह्याङ उनी सँग प्रेममा पर्छन् । टिजरमा देखाईएको दयाह्याङ र उपसनाको रिश्मालाई सस्पेन्समा राखेको छ । टिजरले दर्शकहरुलाई सस्पेन्समा राख्ने देखिन्छ । यही टिजरको कारण फिल्म प्रती दर्शकहरुको कौतुहलता बढ्ने पक्का छ ।

बहुप्रतिक्षित चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ लाई निर्देशक रामबाबु गुरुङले निर्देशन गरेको हुन् । मनिराम पोख्रेल, अर्जुन कार्की र ओम चन्द्र रौनियारले संयुक्त रुपमा निर्माण गरेको चलचित्रमा निर्देशक गुरुङ र उपेन्द्र सुब्बाको कथा रहेको छ । टिजरमा फिचर्ड कलाकार बाहेक चलचित्रमा रिश्मा गुरुङ, कर्मा, विल्सन बिक्रम राई, बुद्दी तामाङ, कबिता आले, कमलमणी नेपाल, अरुणा कार्की लगायतको पनि अभिनय रहेको छ ।

रुदेन सेडा लेप्चा कार्यकारी निर्माता रहेको चलचित्रमा शैलेन्द्र कार्कीको सिनेमाटोग्राफी रहेको छ । चलचित्रलाई सुरेन्द्र पौडेलले सम्पादन गरेका हुन् । बासुरी फिल्मस्को निर्माण, सिनेमा आर्टको प्रस्तुति, माउण्टेन स्टोरिज र नौमती इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको चलचित्रमा रेनेशा बान्तवा राईको कोरियोग्राफी रेहेको छ ।