आकाश अधिकारी र स्वेता खड्काको चलचित्र ‘कान्छि’ युट्युबमा रिलिज

अप्रिल 13,2019
341 पटक हेरिएको

आकाश अधिकारीले निर्देशन र स्वेता खड्का अनि शैलेश खड्काले निर्माण गरेको चलचित्र ‘कान्छि’ युट्युबमा रिलिज भएको छ ।
स्वेता खड्का, दयाह्ङ राईको मुख्य अभिनय रहेको लभ स्टोरी चलचित्र ‘कान्छि’मा हिरा र कान्छिको बालापनको मित्रताको प्रेमसम्मको यात्रालाई देखाइएको छ । हलमा औसतको व्यापार गरेको चलचित्रलाई यम थापाले लेखेका हुन् । चार घण्टा अघी रिलिज भएको चलचित्रलाई राम्रो प्रतिकृया दिइरहेका छन् ।

 

 

स्वेता स्वर्गिय नायक श्री कृष्ण श्रेष्ठकी पत्नी हुन् जो यती बेला फिल्मी दुनियाँभन्दा अलिक पर समाजसेवामा आफुलाई समर्पित गरिरहेकी छिन् । उनको पहलमा निर्माण भइरहेको  सिन्धुपाल्चोकमा एकिकृत माझी बस्ती निर्माणको अन्तिम चराणमा पुगेको छ जसलाई आउँदो दशैँसम्ममा हस्तान्तरण गर्ने योजना रहेको छ ।