रियल म्याड्रिडले जित्यो ला लिगाको उपाधि

18 Jul, 2020
139 Views

रियल म्याड्रिडले सिजनको स्पेनिस ला लिगाको उपाधि जितेको छ। बिहीबार राति भएको खेलमा भिल्लारियललाई २-१ गोलले पराजित गर्दै रियलले उपाधि जितेको हो।

रियलका लागि दुवै गोल करिम बेन्जिमाले गरेका थिए। फ्रेञ्च स्ट्राइकर बेञ्जिमाले खेलको २९ मिनेटमा पहिलो गोल गर्दा ७७ मिनेटमा पेनाल्टीबाट अग्रता दोब्बर पारे।

भिल्लारियलका लागि इबोराले ८३ मिनेटमा गरेको गोल सान्त्वनामै सीमित बन्यो।

रियलले अन्तिम खेलअघि उपाधि जित्ने क्रममा दोस्रो स्थानको बार्सिलोनालाई पछि पार्‍यो।

रियलले अन्तिम खेलअघि ८६ अंक जोड्यो। दोस्रो स्थानको बार्सिलोना ७९ अंक छ।

बार्सिलोना बिहीबार राति भएको खेलमा ओसासुनासँग २-१ गोलले पराजित भयो।

रियलले ला लिगाको ३४औं पटक उपाधि जितेको हो। पछिल्लो पटक रियलले २०१७ मा लिग जितेको थियो।

त्यसअघि रियल २०१२ मा च्याम्पियन बनेको थियो। पछिल्लो १० वर्षमा रियलको यो तेस्रो उपाधि हो।

Leave a Reply

avatar
  Subscribe  
Notify of