राम्रो फिल्म बनाउनका लागि शाहरुख सबैकुरालाई थाहा नभएको निर्माता कमाल आर खान भनाइ

15 Apr, 2019
1655 Views

लिउडमा जब कुनै हिट हुन्छ तब हरेकले त्यसको तारिफ गर्छन् तर जब कोही कलाकार फ्लप हुन्छन् तब उनलाई सल्लाह दिनेको संख्या पनि कम हुँदैन । पछिल्ला केही वर्षमा शाहरुख खानको फिल्मले बक्स अफिसमा खासै उत्साहजनक व्यापार गर्न सकेको छैन । यद्यपि, उनले निर्माण गरेका फिल्मले राम्रो कमाई गरिरहेका छन् ।

यस्तोमा बलिउड नायक एवं निर्माता कमाल आर खान (केआरके)ले शाहरुखको फिल्म नचल्नुको कारणबारे जानकारी दिएका छन् । केआरकेले ट्वीटरमा शाहरुख खानले पछिल्लो पाँच वर्षमा एउटा पनि हिट दिन नसक्नुको कारण सोधेका छन् र जवाफ पनि उनी आफैंले दिएका छन् ।

ट्वीटरमा उनले शाहरुख बारे केही प्रश्न सोध्दै केआरकेले लेखेका छन्, ‘के एसआरके एक ठूला स्टार हुन्् ? हुन्… के शाहरुख खान राम्रा कलाकार हुन् ? हुन्…. के शाहरुख राम्रा व्यापारी हुन्, हुन्… के शाहरुखलाई लाग्छ कि राम्रो फिल्म बनाउनका लागि उनलाइ सबैकुरा थाहा छ, छैन ! र यही त समस्या हो ।’

Leave a Reply

avatar
  Subscribe  
Notify of