सलमान खानले ‘बिग बोस’ को एक भागका लागि भारू १६ करोड लिने!

18 जुलाई, 2020
134 पटक हेरिएको

बलिउड अभिनेता सलमान खानले ‘बिग बोस’ को १४ औं सिजनका लागि आफ्नो पारिश्रमिक बढाउने भएका छन्।

भारतीय सञ्चारमाध्यम एनडिटिभीका अनुसार बिग बोसको नयाँ सिजनको तयारी भइरहेको छ। कार्यक्रम होस्टका रूपमा देखिने सलमानले यसपालि आफ्नो पारिश्रमिक बढाएको खबर आइरहेका छन्।

‘सलमान खानले अब बिग बोसको एक भागका लागि १६ करोड भारू पारिश्रमिक लिने कुरा छ,’ एनडिटिभीले लेखेको छ, ‘बिग बोस १३ का लागि उनले १२ देखि १४ करोड भारू लिएका थिए। यसै पनि सलमानले हरेक सिजनमा आफ्नो पारिश्रमिक बढाउँदै आएका छन्।’

योबाहेक सलमान खान यति बेला आफ्नो नयाँ फिल्मको पनि तयारीमा छन्।

‘राधे: योर मस्ट वान्टेड हिरो’ नामक यो फिल्ममा उनका साथमा अभिनेत्री दिशा पटानी र अभिनेता रणदीप हुड्डा पनि मुख्य भूमिकामा देखिनेछन्।

यो फिल्म ईदमा रिलिज हुने भए पनि कोरोना लकडाउनका कारण मिति सरेको छ। अब यो फिल्म तिहारमा रिलिज हुनसक्ने अनुमान छ।

Leave a Reply

avatar
  Subscribe  
Notify of