सागमा महिला फुटबलको फाइनल आज, स्वर्णका लागि नेपाल र भारत भिड्दै

9 डिस, 2019
717 पटक हेरिएको

१३ औं साग अन्तर्गत महिला फुटवलको फाइनल खेल आज हुँदैछ । पोखरामा हुने फाइनल खेलमा आयोजक नेपाल र भारत स्वर्ण पदकका लागि भिडदैछन । खेल दिउसो एक बजेपछि पोखरा रंगशालामा शुरु हुनेछ ।

नेपाल र भारतबीचको खेल प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ । नेपाल अघिल्लो संस्करणको फाइनल तथा दुई दिनअघि लिग चरणको खेलमा १–० को नतिजामा भएको हारको बदला लिने प्रयासमा हुनेछ ।

अन्तर्राष्ट्रिय स्पर्धामा जहिले पनि भारतसँग पराजित हुँदै आएको अवस्थालाई तोड्ने लक्ष्यसहित नेपाली टोली आज मैदानमा उत्रिनेछ । जारी सागमा नेपालले समूह चरणमा माल्दिभ्सलाई ३–० तथा श्रीलङ्कालाई १–० गोल अन्तरले पराजित गरेको थियो भने भारतसँग १–० को अन्तरले पराजित भएको थियो ।

भारतले श्रीलङ्कालाई ६–०, माल्दिभ्सलाई ५–० र नेपाललाई १–० गोलले पराजित गरी समूह विजेताको रुपमा फाइनल प्रवेश गरेको हो । नेपाल र भारत हालसम्म अन्तरराष्ट्रिय महिला फुटबलमा छ पटक भिडेका छन् । नेपालसँगको सबै स्पर्धामा भारत हाबी भएको छ । महिला फुटबलमा नेपालले भारतलाई एकपटक मात्र पराजित गर्न सफल भएको छ ।

Leave a Reply

avatar
  Subscribe  
Notify of