सकियो धुर्मुस सुन्तलीको ‘सेन्टी भाइरस’

22 अक्ट, 2019
55 पटक हेरिएको

हास्य कलाकार तथा समाजसेवी सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को निर्माण रहेको पहिलो फिल्म ‘सेन्टी भाइरस’को छायाँकन सकिएको छ । एक गीत बाँकी राख्दै निर्माण युनिटले फिल्मको छायाँँकन प्याकअप गरेको छ ।

करिव १ महिनाको छायाँकनमा फिल्म सकिएको कलाकार तथा निर्माता सिताराम कट्टेलले जानकारी दिए ।   फिल्ममा सितारामसँगै कुञ्जना घिमिरे, दयाहाङ राई,  राजाराम पौडेल, विल्सन विक्रम राई, बुद्धि तामाङ, कमलमणी नेपाल, सूर्यमाला खनाललगायतको मुख्य अभिनय रहेको छ ।

रुपाकोट र पोखरामा छायाँकन गरिएको फिल्म रामबाबु गुरुङले निर्देशन गरेका हुन् । सामाजिक बिकृति र बिसंगति माथि व्यंग्यप्रहार गरिएको फिल्म ‘धुर्मुस सुन्तली’ को होम प्रोडक्सन सुबिहानी फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको हो ।

राजनराज शिवाकोटी र कालिप्रसाद बाँस्कोटाको संगीत रहेको फिल्ममा डिन्डु लामा ह्योल्मो निर्माता र फूर्पा लामा सह निर्मातामा रहेका छन् । २ करोडको लागतमा निर्माण हुन लागेको फिल्मको २० प्रतिशत नाफा समाजसेवामा खर्च गरिने निर्माण युनिटले जनाएको छ ।

Leave a Reply

avatar
  Subscribe  
Notify of