‘नो ब्रा मुभमेन्ट’की अभियन्ता मृत फेला

15 अक्ट, 2019
119 पटक हेरिएको

एजेन्सी । ‘नो ब्रा मुभमेन्ट’ अभियानकी अभियन्ता तथा चर्चित गायिका सुली मृत अवस्थामा फेला परेकी छन् ।

महिलाले ब्रा नलगाउने (नो ब्रा मुभमेन्ट) अभियानकी अभियन्ता सुली दक्षिण कोरियाकी चर्चित गायिका समेत हुन् । उनी आफ्नै घरमा मृत अवस्थामा फेला परेकी हुन् ।

राजधानी सोलनजिकै रहेको आफ्नो घरमा उनी मृत फेला परेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

२५ वर्षीया सुलीको वास्तविक नाम चोप जिन रि हो । उनले दक्षिण कोरियामा ब्रा लगाउने नलगाउने कुरा महिलाको निजी र स्वतन्त्रताको कुरा हो भन्ने सन्देश फैलाएकी थिइन् ।

उनले इन्स्टाग्राममा ब्रा नलगाइकन खिचेको फोटो पोष्ट गरेपछि प्रशंसा र आलोचना दुवै भएको थियो ।

Leave a Reply

avatar
  Subscribe  
Notify of