रिलिज पुर्व नै लगानी सुरक्षित गर्दै ‘साहो’

14 अगस्ट, 2019
205 पटक हेरिएको

प्रभास र श्रद्धा कपुर स्टारर यो वर्षको प्रतीक्षित बलिउड फिल्म साहोको चर्चा यति बेला विश्व भरका बलिउड प्रेमीहरूमाझ छाएको छ । केही दिन अघि रिलिज भएको चलचित्रको ट्रेलरले झन् दर्शकमा उत्सुकता थपिदिएको छ । चलचित्रका मुख्य कलाकार प्रभास र श्रद्धा यति बेला प्रमोसनमा व्यस्त रहेका छन् । ३० अगस्टमा विश्वभर एकसाथ प्रदर्शनमा आउने तयारी गरिरहेको यस चलचित्रले रिलिज अगावै आफ्नो लगानी उठाइसकेको बलिउड मिडियाले खबर प्रचार गरिरहेका छन् । ३ सय ५० करोड लगानी रहेको ‘साहो’को थिएट्रिकल राइट्स ३ सय २० करोडमा बिक्री भैसकेको छ । यसका साथै सेटेलाइट र ओटिटी प्लेटफर्म राइट्स बिक्री हुन बाँकी छ नै छ ।

सुजीतको निर्देशनमा बनेको एक्सन प्रधान चलचित्रमा मन्दिरा बेदी, नील नितिन मुकेश, ज्याकी श्राफ, चंकी पाण्डेको मुख्य भूमिका रहेको छ । बाहुबली सिरिज बाट निकै चर्चा कमाएका प्रभासको ‘साहो’ रूप हेर्न दर्शक निकै उत्साहित छन् यसमा झन् कौतुहलता ट्रेलर र गीतले थपेका छन् ।

Leave a Reply

avatar
  Subscribe  
Notify of