साईनो- लाई भि अइ पि सोमा अतिथि तथा दर्शकको उत्साहजनक प्रतिक्रिया

12 अगस्ट, 2019
421 पटक हेरिएको

शुक्रवार देखी प्रदर्शनमा आएको चलचित्र ‘साइनो’लाई विशेष सोमा अतिथि तथा दर्शकको उत्साहजनक प्रतिक्रिया मिलेको थियो । विशुद्ध अर्गानिक स्वादमा निर्माण भएको चलचित्र भनेर प्रशस्तै तारिफ गरिएको थियो । नेपालकी प्रथम अभिनेत्री भुवन चन्द थापाले निर्माण गरेको ‘साइनो’लाई हलमा दर्शकले कति साथ दिए ?  चलचित्रले आयोजना गरेका प्रिमियर होस् या विशेष सोमा चलचित्र निर्माण पक्षको मन राखिदिनको लागी पनि चलचित्र आफूलाई खुब मन परेको प्रतिक्रिया उपस्थित सबैले दिने गर्छन् । तर त्यही प्रतिक्रियालाई आधार मान्ने हो भने दर्शक धेरै ठाउँमा झुक्किएको प्रतिक्रिया दिन्छन् ।

उसो त नेपाली हलहरू नेपाली चलचित्रको लागी केही महिना यता निर्जन नै बनेका छन् । यो निर्जनाता हटाउने आस गरिएका केही चलचित्रले पनि राम्रो व्यापार गर्न सकेनन् । यसैबिच रिलिज भएको ‘साईनो’ले कति दर्शक तान्न सफल भयो त्यो कौतूहल को विषय हो । चलचित्रको निर्माण पक्षका अनुसार शुक्रवारको तुलनामा चलचित्रको व्यापार शनिवार राम्रो रहेको छ । सिङ्गल थिएटर टार्गेट गरेको यस चलचित्रले औसत दर्शक पायो । साथै मोफसलका हलहरूमा पनि दर्शकको उपस्थिति औसत नै रहेको बुझिएको छ । रमेश थापाले निर्देशन गरेको चलचित्रमा निता ढुङ्गाना, मिरुना मगर, राज कुमार, वसुन्धरा भुसाल, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, रोयदीप श्रेष्ठ, श्याम राई, रेगन क्षेत्री लगायतका कलाकारहरूको अभिनय रहेको छ । चन्द्र विनायक फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रका कार्यकारी निर्माता शरण थापा हुन् । चलचित्रलाई अभिमन्यु निरबीले लेखेका हुन् ।

Leave a Reply

avatar
  Subscribe  
Notify of