राष्ट्रिय आदिवासी चलचित्र अवार्ड, “रिजे नास”लाई

13 जुलाई, 2019
679 पटक हेरिएको

काठमाडौ । चलचित्र विकास बोर्डले वितरण गर्ने राष्ट्रिय चलचित्र अवार्ड अन्तर्गत आदिवासी जनजातितर्फ गुरुङ भासाको चलचित्र रिजे नास (रन्जित गाउँ)ले जितेको छ ।

शुक्रबार राष्ट्रपति भवन शीतलनिवासमा चलचित्र विकास बोर्डले आयोजना गरेको समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत अवार्ड वितरण गरियो । चलचित्र पुरस्कार तथा दिर्घजीवि साधना सम्मान कार्यक्रममा सरकारका प्रवक्ता संचार मन्त्री गोकुल बास्कोटाले स्वागत गरे ।

जहाँ अग्रज चलचित्रकर्मी गौरी मल्ल ,सरोज खनाल ,शनि रौनियार ,दिलिप रायमाझी, रमेश उप्रेती , जयकिशन बस्नेत, रेजिना उप्रेतीले नृत्य समेत गरे ।

०७३, ०७४ र ०७५ साल गरेर तीन वर्षको अवार्ड एकैपल्ट वितरण गरिएको कार्यक्रममा यो वर्ष को दीर्घजीवि सम्मान निर्देशक तुलसी घिमिरेलाई दिइयो । जसको राशि तीन लाख ५१ हजार छ । उत्कृष्ट चलचित्र गोपी, उत्कृष्ट नायक, विपिन कार्की (प्रसाद), उत्कृष्ट नायिका स्वास्तिमा खड्का (बुलबुल) ले पायो ।

त्यसैगरी, उत्कृष्ट आदिवासी जनजाति चलचित्र को अवार्ड गुरुङ फिल्म रिजे नासले पायो । २८ वटा आदिवासी चलचित्रको प्रतिस्पर्धामा रिजे नास सर्वोत्त्कृष्ट ठहरिएको हो । प्रतिस्पर्धामा, चर्चामा रहेको गुरुङ फिल्महरु सबन मु, म्ले क्यु, स्यु रु, फुङ मध्ये रिजे नास अवार्डका लागि छानियो । रिजे नास, प्रितम गुरुङको लेखन निर्देशनमा, शम्सेर गुरुङको निर्माण, गणेश गुरुङको संगीत ,मनाङ गुरुङ को कोरियोग्राफी, जनक गुरुङ को द्वन्द्व, खेम थापा मगर को सिनेमाटोग्राफी मा बनेको हो । राजु गुरुङ, बल बहादुर गुरुङ, रेशम गुरुङ, सीता गुरुङ लगायतका कलाकारले अभिनय गरेका छन् ।

Leave a Reply

avatar
  Subscribe  
Notify of