पूजा र आकाशको ‘रामकहानी’ युट्युबमा रिलिज हुँदै

5 जुलाई, 2019
209 पटक हेरिएको

२० असार २०७६, काठमाडौँ

पूजा र आकाश पछिल्लो समयका निकै चर्चित जोडी हुन् । यी दुईले पहिलोपटक चलचित्र रामकहानी मा एकसाथ काम गरेका थिए । यी दुईको जोडीलाई दर्शकले अत्यन्तै रुचाएका पनि थिए भने रामकहानी व्यवसायिक रुपमा पनि सफल चलचित्र साबित भयो ।

यस्तै रामकहानी पछि आकाश र पूजाले सम्हालिन्छ कहिले मन मा काम गरे भने अहिले पोई पर्यो काले मा व्यस्त छन् । पूजा र आकाश अभिनीत चलचित्र रामकहानी युट्युबमा कहिले आउँछ भन्दै दर्शक प्रतिक्षा गरिरहेका छन् । अब चाडैँ नै चलचित्र रामकहानी युट्युबमा सार्वजनिक हुने भएको छ । यो दर्शकको लागि निकै खुसीको कुरा हो । चलचित्र रामकहानी अघिल्लो बर्षको भर्दा २२ बाट प्रदर्शनमा आएको थियो ।

Leave a Reply

avatar
  Subscribe  
Notify of