फ्लोरमै ‘छ माया छपक्कै’ को रेकर्डः ओभरसिज राइट्स सवा करोडमा बिक्री

4 जुलाई, 2019
618 पटक हेरिएको

रोहित अधिकारी फिल्मस् र आमा सरस्वती मुभिजको ब्यानरमा बनेको फिल्म ‘छ माया छपक्कै’को विदेश प्रदर्शन अधिकार महंगोमा बिक्री भएको छ । हालै पहिलो चरणको छायाँकन सकाएको निर्माण टिमले विदेश प्रदर्शन अधिकार १ करोड बढिमा बिक्री गरेको छ ।

निशान बजगाइँले यो फिल्मको ओभरसिज राइट्स १ करोड १६ लाखमा खरिद गरेको निर्माण टिमले बताएको छ । यो बजेटलाई नेपाली फिल्म विदेश अधिकार बिक्री भएकामा हालसम्मकै सर्वाधिक भनिएको छ । अर्कोतर्फ छायाँकनकै क्रममा यति महंगो रकममा विदेश अधिकार बिक्री भएको संभवत यो पहिलो फिल्म हो । यो फिल्मलाई दिपेन्द्र लामाले निर्देशन गरेका छन् ।

दिपाश्री निरौला सल्लाहकार निर्देशक रहेको यो फिल्ममा दीपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, जितु नेपाल, सुपुष्पा भट्ट लगायत लिड अभिनयमा छन् । हरि हुमागाइँले छायाँकन गरेको यो फिल्ममा निर्माता रोहित अधिकारी हुन् ।

Leave a Reply

avatar
  Subscribe  
Notify of