चलचित्र पत्रकार संघको २० औं वार्षिकोत्सवमा पाँच चलचित्र पत्रकार सम्मान

23 मे, 2019
664 पटक हेरिएको

चलचित्र पत्रकार संघ, नेपालले २० औं वार्षिक उत्सव तथा ‘चलचित्र पत्रकारिता दिवस २०७६’ जेठ ७ गते, सोमबार एक भब्य कार्यक्रमका बिच मनाएको छ । सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल बाँस्कोटा, चलचित्र विकाश बोर्डको अध्यक्ष केशव भट्टराई प्रमुख अतिथिको उपस्थितिमा सम्पन्न भएको कार्यक्रममा चलचित्र पत्रकार संघ नेपालले पाँच चलचित्र पत्रकारलाई सम्मान तथा पुरस्कार वितरण गरेको छ । चलचित्र पत्रकार संघ नेपालका सदस्य तथा इमेज एफएम र हिमालय टेलिभिजनमा कार्यरत नरेश भट्टराई र संघका सदस्य तथा भिजन संसार डटकमका सम्पादक श्याम स्मृतलाई चलचित्र पत्रकारिता राष्ट्रिय सम्मान प्रदान गरेको छ । त्यसैगरी संघका पूर्व कार्यसमिती सदस्य तथा रातोपाटी डटकममा कार्यरत कुवेर गिरी र संघकी पूर्व कार्य समिती सदस्य तथा एबिसी टेलिभिजनमा कार्यरत शारदा थापालाई चलचित्र पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । पुरस्कार स्वरुप नगद २१ हजार रुपैयाँ, ताम्रपत्र तथा ट्रफी प्रदान गरिएको हो । त्यस्तै संघका सदस्य तथा मेरोफिल्म डटकममा कार्यरत फोटो पत्रकार विनोद पोखरेललाई चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार प्राप्त गरेका छन् । चलचित्र पत्रकारितामा सक्रिय भएको छोटो अवधिमै फोटो पत्रकारका रुपमा स्थापित विनोदलाई प्रोत्साहन स्वरुप १ थान ल्यापटप, ताम्रपत्र र ट्रफी प्रदान गरिएको छ। कार्यक्रममा  भुवन केसी, करिश्मा मानन्धर, दीपकराज गिरी, दिपाश्री निरौला, रमेश उप्रेती, केदार घिमिरे, नीता ढुंगाना, केकी अधिकारी, रिमा विश्वकर्मा, वेनिशा हमाल, बर्षा सिवाकोटी, नायकहरु सलोन बस्नेत, नाजिर हुसेन, आमेश भण्डारी, कलाकारको उपस्थित थिए ।

Leave a Reply

avatar
  Subscribe  
Notify of