रोकियो बलिउड ‘कलंक’को रिलिज,चलचित्र विकास बोर्ड विवादमा

18 अप्रिल, 2019
177 पटक हेरिएको

काठमाडौं –आजदेखि विश्वका धेरै देशमा एकसाथ रिलिज भएको बलिउड चलचित्र ‘कलंक’ नेपालमा भने रिलिज हुन सकेन । चलचित्र विकास बोर्डका कारण यो फिल्म नेपालमा रिलिज हुन नसकेको हो ।

शुक्रबार मात्र नयाँ चलचित्र रिलिज हुने परिपाटीलाई जोगाउन विकास बोर्डले यो चलचित्र रोकेको हो । नेपालमा नयाँ रिलिज,चलचित्र चाडपर्व बाहेकको समय शुक्रबार मात्र रिलिज गर्न पाइन्छ । अन्य समय आउने चलचित्र लाई आफूले रोक्ने केही अगाडि अध्यक्ष केशव भट्टराईले भनेका थिए । सोही अनुरुप चलचित्र ‘कलंक’ आज रोकिएको छ ।

अभिषेक वर्माको निर्देशन रहेको यो चलचित्र मा २० वर्षपछि माधुरी दीक्षित र सञ्जय दत्तले स्क्रिन शेयर गरेका छन् । यी दुबैको अलवा आलिया भट्ट, वरुण धवन, सोनाक्षी सिन्हा र आदित्य रोय कपुरको पनि चलचित्रमा अभिनय छ । मल्टिस्टार अभिनित यो चलचित्र को पर्खाइमा ठूलो संख्यामा नेपाली दर्शक पनि रहेका थिए ।

‘कलंक’ नेपाल आउँदा गत शुक्रवार रिलिज भएका दुई नेपाली चलचित्र ’यात्रा’ र ‘ए मेरो हजुर ३’को व्यापारमा ठूलो असर गर्ने पक्का थियो । नेपाली चलचित्र जोगाउन ‘कलंक’ बुधवार प्रदर्शनमा रोक्नु पर्ने माग यी चलचित्र का निर्माताले गर्दै आएका थिए ।

गत शुक्रबारबाट रिलिज भएका मध्य ‘यात्रा’ बोर्ड अध्यक्ष भट्टराइले निर्माण गरेको चलचित्र हो । आफ्नो चलचित्र को व्यवसायलाई असर गर्छ भनेर बलिउड चलचित्र ‘कलंक’ रिलिज रोकेको आरोप समेत उनीमाथि लागेको छ ।

नेपाली चलचित्र झै बलिउड चलचित्र पनि शुक्रबार नै रिलिज गर्ने परम्परा बसाल्न ‘कलंक’ माथि आफूले रोक लगाएको बोर्ड अध्यक्ष भट्टराइले बताए । ‘नेपालमा चाडपर्व बाहेका अन्य समय शुक्रबार चलचित्र रिलिजको परम्परा छ’ उनले भने ‘नेपालीचलचित्र ले यो परम्परा मान्ने, बलिउडले किन नमान्ने ?’ उनको भनाई छ ।

‘कलंक’ विकास बोर्डको एकल पहलमा मात्र रोकिएको होइन । यो चलचित्र को बुधबार रिलिज रोक लगाउनु पर्ने माग सहित चलचित्र निर्माता संघले केही पहिले एक पत्र बोर्डलाई पठाएको थियो ।

निर्माताको गुनासोलाई सुनवाई गर्दै बोर्डले पनि नेपाल चलचित्र संघलाई पत्रमार्फत् विदेशी चलचित्र शुक्रवार मात्र प्रदर्शनमा ल्याउन निर्देशन दिएपछि ‘कलंक’ बुधवार नेपाल प्रदर्शनमा रोक लागेको हो ।

 

Leave a Reply

avatar
  Subscribe  
Notify of