बिग बोस अब नेपालमा पनि, सय दिनसम्म राखिने छ सहभागीलाई संचारबाट बाहिर

17 अप्रिल, 2019
462 पटक हेरिएको

काठमाडौं– आइम्याक्स प्रोडक्सनलले नेदरल्याण्डको इन्डिमोल साइनद्वारा संचालित बिग ब्रदरको फ्रेन्चाइज बिग बोसलाई नेपालमा औपचारिक रुपमा ल्याएको छ । कार्यक्रम नेपालको इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो फ्रेन्चाइज टिभि रियालिटि सो हुने आइम्याक्सले बताएको छ ।

आइम्याक्स प्रोडक्सन तथा इन्डिमोलसाइनको संयुक्त सहकार्यमा टेलिभिजनको सबैभन्दा ठूलो रियालिटी सो ‘विग बोस नेपाल’ नेपालको ऐतिहासिक रुपमा आउन गइरहेको छ ।

आइम्याक्स प्रोडक्सनले कानुनी रुपमा बिग ब्रदर नेदरल्याण्डद्वारा फ्रेन्चाइजी अफिसियली रुपमा ल्याएको हो ।

२०७५ वैशाख २ गते होटल सोल्टीमा औपचारिक रुपमा बिग बोस औपचारीक रुपमा सुरु भएको जानकारी गराइएको छ । नेपाल भित्रिएको यो रियालिटि सो नेपालकै एक नेपाली टेलिभिजन च्यानलबाट चाडैनै सुरु हुनेछ ।

कार्यक्रमको उद्देश्य प्रतिभाहरुलाई सवै माझ ल्याउनु तथा नेपाली चलचित्र उद्योगको विकासमा सहयोग पु¥याउनु रहेको आइम्याक्सले बताएको छ ।

नेदरल्याण्डको इन्डिमोल साइनद्वारा ५४ देशमा सफलता पूर्वक संचालित बिग ब्रदर टिमको पूर्ण सहयोगले ५५ देश नेपालमा बिग बोस सफल बनाउने प्रतिबद्धता आइम्याक्सको छ ।

देश अनुसार फरक फरक भाषामा सञ्चालित भएको यो कार्यक्रम नेपालमा नेपाली भाषामै प्रसारण हुनेछ । र यो कार्यक्रम विग ब्रदरकै संरचना अनुसार हुनेछ ।

बिग बोस भित्र रहने सहभागीहरु १०० दिन सम्म सञ्चार सम्पर्क विहिन रहि सहभागिता  जनाई बिग बोसको ट्रफी जित्नेछन् ।

Leave a Reply

avatar
  Subscribe  
Notify of