भोट हाल्न अनुमती छैन आलियालाई,जान्नुहोस् कारण यस्तो छ?

15 अप्रिल, 2019
462 पटक हेरिएको

भारतमा अहिले चुनावी माहौल छ । बलिउड सेलिब्रिटीका पनि थुप्रै सन्तान लोकसभा चुनाव २०१९ मा पहिलो पटक भोट हाल्दैछन् । यसैबीच कलंककी स्टार कास्टलाई पनि उनीहरुले मानिसहरुलाई मताधिकार’bout कसरी जागरुक गराउँछन् भन्ने प्रश्न सोध्दा आलिया भट्टले यस’bout खुलेर कुरा गरेकी छिन् ।

पासपोर्ट हो वास्तविक कारणः

इन्डिया टुडेसँगको एक अन्तर्वार्तामा जब आलियालाई यस्तो कुरा सोधियो तब उनले भनिन्, ‘म भोट हाल्न सक्दिनँ, यसको कारण हो पासपोर्ट । आलियालाई यही प्रश्न पछिल्लो लोकसभा चुनावको क्रममा पनि सोधिएको थियो । तब उनले दोहोरो नागरिकता लिएको बताएकी थिइन् । यद्यपि, भारतमा दोहोरो नागरिकता दिने प्रावधान छैन ।

कलंक र ब्रम्हास्त्रमा देखिनेछिन्ः आलिया भट्ट आजकाल फिल्म कलंकको प्रोमोशनमा छिन् । त्यसपछि उनी रणबीर कपूर र अमिताभ बच्चनसँग फिल्म ब्रम्हास्त्रमा देखिनेछिन् । स्मरण रहोस्, आलियाकी आमा सोनी राजदान पनि बेलायती नागरिक हुन् ।

Leave a Reply

avatar
  Subscribe  
Notify of