नेपाली चलचित्र‘पसिना’को फष्टलुक सार्वजनिक

15 अप्रिल, 2019
43 पटक हेरिएको

काठमाडौं –नयाँबर्षको अवसरमा  चलचित्र ‘पसिना’को फष्टलुक सार्वजनिक गरिएको छ । नयाँबर्ष २०७६  आइतबार निर्माण युनिटले चलचित्र ३  पोस्टर सार्वजनिक गरेको हो ।

केहि दिनअघि टाइटल गीत सार्वजनिक गरिएको यो फिल्म मजदूरहरुको कथामा निर्माण भएको हो । फिल्मको फष्टलुकमा गौरव पहाडी, अनु शाह, सरोज खनाल लगायतका कलाकार अटाएका छन् ।  आरबी खत्री ‘शरद’ ले निर्देशन गरेको फिल्ममा चलचित्र ‘पसिना’ मा गौरव पहारी, अनु शाह, सरोज खनाल, सरोज अर्याल, रवि गिरी, धुर्व कोइराला, शारदा गिरी, सुरजनी केसी लगायतका कलाकारको अभिनय रहेको छ ।
राम केसीको छायाँकन, राजनराज शिवाकोटी, दिपक शर्मा र थिरज राइको संगीत, नविन निरौलाको सम्पादन, शिव विक र राजीव समरको नृत्य र देव महर्जनको द्वन्द रहेको चलचित्रले ‘गरौ सत्कर्म, बगाउ पसिना’ भन्ने नारा बोकेको छ ।

२७ वैशाखबाट प्रदर्शनमा आउने चलचित्रका कार्यकारी निर्माता सञ्जय महतो हुन् । चलचित्रको ट्रेलर यसै साता सार्वजनिक गर्ने योजना निर्माण युनिटको रहेको छ ।

Leave a Reply

avatar
  Subscribe  
Notify of