चलचित्र दालभात तरकारी’ युनिट मोफसल यात्रामा

8 अप्रिल, 2019
513 पटक हेरिएको

काठमाडौं – महसंन्चारको ब्यानरमा निर्माण भएको चलचित्र ‘दाल भात तरकारी’ २० बैशाख देखि प्रदर्शनमा आउदैछ । प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण युनिटले प्रचारका लागि मोफसल टुर समेत सुरु गरेको छ । २५ चैत्रदेखि विर्तामोडबाट टुर सुरु गर्ने गरि निर्माण युनिट कलाकारसहित आइतबार मोफसल यात्रामा निस्किएको छ । जसको नेतृत्व वरिष्ठ हाँस्यकलाकार हरिवंश आचार्यले गरेका छन् ।

विर्तामोडदेखि पोखरासम्म १० शहरमा सांगीतिक यात्रा गर्ने उदेश्यसहित आफुहरु टुरमा निस्किएको कलाकार आचार्यले बताए । ‘दाल भात तरकारी यात्रा’ नाम राखिएको टुर चैत २५ मा विर्तामोड, २६ मा दमक, २७ मा इटहरी, २८ मा हेटौंडा, २९ मा चितवन, ३० मा वुटवल, वैशाख १ मा नेपालगञ्ज, वैशाख २ दाङ र वैशाख ४ पोखरामा आयोजना हुने फिल्मका निर्देशक सुदन केसीले जानकारी दिए । सुदन कलाकार किरण केसीका छोरा हुन् । उनको यो डेब्यु चलचित्र हो ।

टुरको क्रममा दर्शकसँग सांगीतिक कन्सटको अलवा पत्रकार भेटघाट कार्यक्रम समेत गरिने निर्देशक केसीले जानकारी दिए । मोफसल टुरमा हरिवंश आचार्य, किरण केसी, शिवहरि पौडेल, आँचल शर्मा, पुष्प खड्का, गायिका जुनु रिजाललगायत सहभागी छन् ।

कथा, पटकथा तथा संवाद हरिवंश आचार्यको रहेको फिल्ममा निरुता सिंह, वर्षा राउत, राजाराम पौडेल, प्रियंका कार्की, विल्सनविक्रम राई, यमन श्रेष्ठ लगायतका कलाकारको अभिनय छ । मित्र डि.गुरुङको सम्पादन रहेको फिल्मलाई दिर्घ गुरुङले खिचेका हुन् । फिल्म प्रमिला आचार्य, यमन श्रेष्ठ, शिवहरी पौडेललले मिलेर बनाएका हुन् । चलचित्रका प्रस्तुतकर्ता कलाकार किरण केसी रातामकै रहेका छन् ।

Leave a Reply

avatar
  Subscribe  
Notify of