सफलताका साथ दोश्रो हप्तामा साइँली

6 अप्रिल, 2019
82 पटक हेरिएको

रामबाबु गुरुङ निर्देशित फिल्म ‘साइँली’ शुक्रबारबाट सफल प्रदर्शनको दोश्रो साता प्रवेश गरेको छ । दर्शकदेखि समिक्षकसम्म सबैतिरबाट चौतर्फी तारिफ भेटेको फिल्मले मल्टिप्लेक्समा दोश्रो साता पनि आफुलाई अब्बल रुपमा प्रस्तुत गरिरहेको छ ।

क्युएफएक्स चेन अन्तर्गत काठमाडौंमा फिल्म यतिबेला नौ ‘शोज’का साथ लागिरहेको छ । सिङगल स्कृनमा पनि फिल्मको दबदबा रोकिएको छैन । फिल्मदेखि विभिन्न विधासँग जोडिएका व्याक्तित्वहरुले आफ्ना सामाजिक सञ्जालका भित्ताहरुमा फिल्ममाथी प्रशंसाका शब्दहरु पोखिरहेका छन् ।

दयाहाङ राई, गौरव पहारी, मेनुका प्रधान, मेनिपा सिङह स्टारर फिल्मको पहिलो हप्ताको आधिकारिक व्यापारिक रिपोर्ट प्राप्त छैन । तर प्रदर्शनको चौथो दिनमै फिल्मले १ करोड ग्रस कलेक्सनको आँकडा पार गरेको जानकारी प्राप्त छ ।

  • 1
    Share

Leave a Reply

avatar
  Subscribe  
Notify of