‘प्रेमगीत ३’मा राजेश हमाल प्रदीपको बुवा बन्दै !

11 मार्च, 2019
755 पटक हेरिएको

अभिनेता राजेश हमाल चलचित्र ‘प्रेमगीत ३’मा अनुबन्धित भएका छन् । निर्माता सन्तोष सेनको निर्माणमा बनेको सफल चलचित्र प्रेमगीतको तेस्रो सिरिजमा राजेश हमाल फाइनल भएका छन् । बुझिए अनुसार चलचित्रमा राजेश नायक प्रदिप खड्काको बुवाको भूमिका देखिनेछन् । आसुसेन ब्यानरबाट बन्न लागेको प्रेमगीत ३ मा प्रदीप फाइनल भइसकेका छन् भने हमालसँग चलचित्रको लागी यतिबेला टिमले कुरा गरिरहेको छ ।

त्यस्तै चलचित्रमा नायिका पनि फाइनल नभइसकेको बताइएको छ । निर्माण पक्षको अनुसार चलचित्रमा नयाँ नायिकाको खोजी भइरहेको छ । यसअघिको प्रेमगीतमा पूजा शर्मा र प्रेमगीत २मा अश्लेष ठकुरीको मुख्य भूमिका रहेको छ । चलचित्रको पहिलो सिरिजलाई सुदर्शन थापा र दोस्रो सिरिजलाई रामशरण पाठकले निर्देशक गरेका थिए । यसपटक चलचित्रलाई छेतन गुरुङले निर्देशन गर्दछन् । हाल प्रदीप आफ्नो नयाँ चलचित्र लभ स्टेशनको प्रमोसनमा व्यस्त छन् जुन यहि चैत्र २२ गतेबाट रिलिज हुदैँछ ।

Leave a Reply

avatar
  Subscribe  
Notify of