अक्षय कुमारले यसरी परिवर्तन गरेका थिए आफ्नो वास्तविक नाम

1 मार्च, 2019
369 पटक हेरिएको

पछिल्लो समय बलिउड अभिनेता अक्षयकुमारको सिनेमा करियर उत्कृष्ट लयमा छन्। उनका पछिल्ला रिलिज सबै हिट भएका छन्। यस वर्ष पनि उनका दुई भन्दा बढि सिनेमा दर्शकले हेर्ने पाउनेछन् जसमध्ये ‘केशरी’ सबैभन्दा पहिले रिलिज हुनेछ।

उनै अक्षय कुमारको वास्तविक नाम राजिव हरि ओम भाटिया हो। सिनेमामा आएपछि थुप्रै बलिउड कलाकारले आफ्नो वास्तविक नाम परिवर्तन गर्दै नयाँ नाम राखेका छन्।

अक्षयले पनि सोही बाटो पछ्याए र राजिव हरि ओम भाटिया राखे। उनले नाम परिवर्तन गर्नु अगाडीको किस्सा भने रोचक छ। उनले पहिलो पटक काम गरेको सिनेमा ‘आज'(१९८७) हो। महेश भट्टले निर्देशन गरेको सिनेमामा मुख्य अभिनेता कुमार गौरव थिए। सिनेमामा अक्षय एकदमै सानो भूमिकामा थियो। उनी स्क्रिनमा करिब साढे चार सकेन्ड देखिन्छन्।

उनलाई रोल छोटो भएको चिन्ता भन्दा पनि कुमार गौरवलाई काम गर्दै गरेको हेर्दैमा दंग थिए।

तर उनी अचानक एकदिन अदालत गए र आफ्नो नाम परिवर्तन गरे। नाम परिवर्तन गरेपछि उनी भिजिटिङ कार्ड बनाएर कामको खोजीमा निस्केका थिए।

भन्छन्, ‘मलाई थाहा छैन, किन मैले आफ्नो नाम परिवर्तन गरें। म बन्द्रा इस्ट अदालत गएँ र परिवर्तन गरें। त्यो समयमा म केहि नहुँदा पनि मैले आफ्नो भिजिटिङ कार्ड बनाएँ। त्यसपछि म कामको खोजीमा निस्के। समय मेरो पक्षमा थियो र मैले त्यसपछि फिल्म पाउन थाले।’

  • 1
    Share

Leave a Reply

avatar
  Subscribe  
Notify of