रणवीर सिंहले अब पारिश्रमिक नलिने

25 फेब, 2019
412 पटक हेरिएको
बलिउड अभिनेता रणवीर सिंह आजभोलि सफलताको शिखरमा छन्। उनका पछिल्ला चलचित्रले करोडौं कमाउन सफल भएका छन् भने उनको अभिनयको पनि वाहीवाही भइरहेको छ।
पद्मावत, सिम्बा र गली ब्वाइ गरी तीन वटा लगातार हिट चलचित्र दिएका रणवीरले अब बलिउडका अग्रज कलाकारको पदचाप पछ्याउने भएका छन्। आमिर खान, सलमान खान र अक्षयकुमार लगायत अरू दिग्गज कलाकार झैं रणवीरले पनि आफ्नो चलचित्रबाट पारिश्रमिक नलिने निर्णय गरेका छन्।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार रणवीरले अब चलचित्रबाट पारिश्रमिकको साटो ‘नाफा’ लिने बताएका छन्। अर्थात् फिल्मले कमाएको नाफाको निश्चित प्रतिशत। रणवीरको नयाँ चलचित्र ‘८३’ आउँदैछ। कबिर खानद्वारा निर्देशित यो चलचित्रमा रणवीरले क्रिकेटर कपिल देवको भूमिका निर्वाह गरेका छन्। र, चलचित्रमा कपिल देवको कप्तानीमा भारतले पहिलोपटक विश्वकप जितेको समयका ’boutमा छ।
रणवीरले यो चलचित्रको पनि पारिश्रमिक नलिई नाफा लिने बताइएको छ। सफलता बढेसँगै रणवीरको ‘ब्रान्ड भ्यालू’ बढिरहेको छ। उनको बढ्दो उचाइ र प्रभाव देखेर निर्माताहरूले पनि उनलाई नाफा हिस्सा दिन आनाकानी नगरेको सञ्चारमाध्यमहरूले लेखेका छन्। उनले कति प्रतिशत हिस्सा लिन्छन् भन्ने’bout जानकारी छैन।

रणवीर अब सुपरस्टार भइसके। लगातार आएका ब्लकबस्टर चलचित्रको कमाइ रेकर्डबाटै थाहा हुन्छ उनको सफलता। पद्मावतपछि रणवीरको पारिश्रमिक ह्वात्तै बढेको छ। यस्तो अवस्थामा निर्माता-निर्देशकले रणवीरलाई पारिश्रमिकको साटो नाफा बाँड्न सहज मान्ने बताइएको छ।

‘ब्यान्ड, बाजा, बारात’ चलचित्रबाट करिअर सुरूआत गरेका रणवीरले ८ वर्षमै ठूलो सफलता पाइसकेका छन्।

  • 1
    Share

Leave a Reply

avatar
  Subscribe  
Notify of