पूजाको समालिन्छ मन लण्डनबाट सुटिङ सुरु

11 फेब, 2019
58 पटक हेरिएको

अभिनेत्री पूजा शर्माको मुख्य भूमिका रहेको चलचित्र ‘सम्हालिन्छ कहिले मन’को छायाँकन सुरु भएको छ । बेलायतको राजधानी लण्डनबाट सुरु भएको सम्हालिन्छ कहिले मनको छायाँकन करिब ५० दिनको हुने छ । छायांकन अगाडि चलचित्रका कलाकार र टिमले क्यामेरा पूजा गरेका थिए ।पूजा सकेर चलचित्रको छायांकन सुरु गरिएको हो । नायिका पूजा शर्मा र नव–नायक सोनम तोप्देनले पहिलो सर्ट दिएका छन् । चलचित्रमा आकाश श्रेष्ठ, सरोज खनाल, गौरी मल्ल, धिरेन शाक्य लगायतका कलाकारको पनि मुख्य भूमिका छ ।

निर्देशक थापाले लण्डन, स्कटल्याण्ड र वेल्समा चलचित्रको छायांकन हुने बताए । एबी इन्टरनेशलको ब्यानरमा निर्माण हुन लागेको चलचित्रको छायांकन बेलायतपछि नेपालको मुस्ताङमा हुनेछ ।अमित बस्नेतको लगानी रहेको चलचित्रका कार्यकारी निर्माता अंकित गौतम र सनिष खकुरेल हुन् । चलचित्रमा परि राना र अजितकुमार थापाको सह–निर्माण छ ।

अर्जुन पोखरेल, सुगम पोखरेल र ताराप्रकाश लिम्बुको संगीत, सौरभ लामाको छायांकन, कविराज गहतराजको कोरियोग्राफी रहेको चलचित्रमा महेश दवाडीको कथा छ । त्रिकोणात्ममक प्रेमकथामा यो चलचित्र तयार हुनेछ ।

  • 9
    Shares

Leave a Reply

avatar
  Subscribe  
Notify of