बिकास बोर्डको अध्यक्ष पदबाट निकिताको राजीनामा

6 फेब, 2019
257 पटक हेरिएको

चलचित्र बिकास बोर्डकी पहिलो महिला अध्यक्ष निकिता पौडेलले आफ्नो पदबाट राजीनामा दिएकी छिन । केही साता अघिमात्र संचारकर्मी रवी लामिछानेसँग कोर्ड म्यारिज गरेकी निकिताले आफ्नो पदबाट राजीनामा दिएको फेसबुकबाट जानकारी दिएकी हुन् । उनले फेसबुकमा लामो स्टाटस लेख्दै आफ्नो व्यक्तिगत व्यस्तताले गर्दा बोर्डको अध्यक्ष भएर काम गर्न नसकिने लेखेकी छिन् । चलचित्र क्षेत्रको हितकालागि मेरो १४ महिने कार्यकाल पर्याप्त नभएपनि दीर्घकालीन उपलब्धिका कयौं संभावनाका ढोकाहरु खुलाउने प्रयास महत्वपूर्ण रहेको भन्दै उनले आफ्नो ३ महिने तलब श्रीमान रबि लामिछानेले बनाउने रास्कोट सामुदायिक अस्पताललाई दिने लेखेकी छिन् ।

  • 6
    Shares

Leave a Reply

avatar
  Subscribe  
Notify of