सुमी र सन्नी एक्सन जोडी बन्दै, ‘सरौतो’को घोषणा

5 फेब, 2019
50 पटक हेरिएको

‘सरौतो’ नामक चलचित्र बन्ने भएको छ । आइतबार राजधानीमा सिनेमा निर्माणको घोषणा गरिएको हो ।

चलचित्रमा सुमी मोक्तान तथा अभिनेता सन्नी सिंहको प्रमुख अभिनय रहने छ । एक्शन जनरामा निर्माण हुने चलचित्रलाई हरि हुँमागाईंले निर्देशन गर्नेछन्।

‘सरौतो’ मा एक्सन अवतारमा देख्न पाइन निर्माण टिमले जनाएको छ । ‘सरौतो’बाट निर्देशन डेब्यू गर्न लागेका हुँमागाईं १ दशकदेखि भिडियो, चलचित्र र विज्ञापनमा छायाँकारको रुपमा सक्रिय थिए ।

चलचित्रमा सुमी मोक्तान र सन्नी सिंहको साथमा विजय लामा, युवराज लामा, अमिर गौतम, अरुणा कार्कीलगायतका कलाकारहरुको अभिनय रहने छ ।

२० बढि सिनेमा खिचिसकेका निर्देशक हरी हुमागाईले छायाँकारको रुपमा संगालेको अनुभवलाई निर्देशनमा प्रयोग गर्ने बताए ।

यस्तै चलचित्रको घोषना कार्यक्रममा अभिनेत्री सुमीले सिनेमाका लागि २ वर्षदेखि एक्सन ट्रेनिङ लिएको खुलासा गरिन् ।

‘चलचित्रमा मेरो भूमिका एकदमै चुनौतीपूर्ण छ । यद्यपि, सिनेमाको चरित्रलाई न्याय गर्न पुर्ण रुपमा लागी पर्नेछु’, उनले भनिन्। त्यस्तै अभिनेता सन्नीले भूमिका मन परेकोले सिनेमा जोडिएको बताए।

चलचित्रमा उत्तम हुमागाईंको छायांकन रहने चलचित्रको कथा राघव कृष्ण गौतमले लेखेका हुन् । सिश्री महर्जन चलचित्रका निर्माता हुन्। निर्माण गर्नेछन् ।

४ संगीतकार राजनराज सिवाकोटी, पुष्पन प्रधान, कमल खत्री र कोशिश क्षेत्रीको संगीत रहने चलचित्रको छायांकन काठमाडौं र बारामा हुनेछ।

Leave a Reply

avatar
  Subscribe  
Notify of