बक्स अफिसमा कङ्गनाको स्टारडम

29 जन, 2019
78 पटक हेरिएको

गत साताबाट प्रदर्शनमा आएको बलिउड चलचित्र ‘मणिकर्णिका’ले बक्स अफिसमा सुखद ओपनिङ गरेको छ । रिलिजको पहिलो दिन सुस्त व्यापार गरेको चलचित्रले दोस्रो दिनबाट भने राम्रो कमाई गरेको हो । बलिउडकी क्विन कङ्गना रनावतको मुख्य भूमिका र निर्देशन रहेको चलचित्रले भारतको गणतन्त्र दिवसको फाइदा उठाउँदै तीन दिनमा ४२ करोडको कमाई गरेको हो । चलचित्रले शुक्रवार ८.७५ करोडको कमाई गरेको थियो भने शनिवार गणतन्त्र दिवसको बिदामा १८.१० करोडको कमाई गर्‍यो । त्यस्तै आइतबार चलचित्रको व्यापार करिब १५.७० करोड रहेको भारतीय मिडियाले जनाएको छ । तीन दिनमा कङ्गनाको चलचित्रले कुल ४२ करोडको कमाई गरेको छ भने समीक्षा पनि सुखद पाएको छ ।

  • 2
    Shares

Leave a Reply

avatar
  Subscribe  
Notify of