बिराज भट्ट चलचित्र निर्देशनमा, निकिता चन्दलाई डेब्यु गरिदै

26 जन, 2019
340 पटक हेरिएको
सुपरस्टार विराज भट्टले निर्देशनमा डेब्यु गर्न लागेको चलचित्र ‘साङ्लो’ मा सन् २०१७ की मिस नेपाल निकिता चाण्डक लिड हिरोइनमा अनुबन्ध भएकी छन् । शुक्रवार साँझ निकिता र विराजबीच औपचारिक रुपमा कागजी सम्झौता भएको छ ।
यसअघि निकिताले चलचित्र ‘रानीमहल’ साइन गरेकी थिइन् । यो चलचित्र आधा छायांकन नसकिँदै निर्देशक र निर्माताबीचको लफडाका कारण रोकिएपछि उनले केही हप्ता अगाडि मात्र ‘रानीमहल’ छाडेको बताएकी थिइन् । अब उनी चलचित्र ‘साङ्लो’ मार्फत् पर्दामा देखिनेछिन् । चलचित्रका प्रोडक्सन हेड शंकर पाण्डेले ‘साङ्लो’ को छायांकन चैत १ गतेबाट हुने बताए ।
विराज स्वयंको अभिनय, निर्माण, निर्देशन र कथामा बन्ने चलचित्र पूर्ण रुपमा एक्सनप्रधान हुनेछ । काठमाडौं, पोखरालगायतका स्थानमा खिचिने चलचित्रमा नवराज शर्मा एडीको रुपमा रहनेछन् ।
शनिबारबाट बाँकी कलाकार छनोट गरिने पाण्डेले बताए । करीब डेढ वर्ष अगाडि विराजले ५ वर्षपछि रोज राणा निर्देशित फिल्म ‘जय परशुराम’ बाट कमब्याक गरेका थिए । यद्यपि, उनको कमब्याक सुखद रहेन । अब उनी आफैं निर्देशित चलचित्रबाट जबरजस्त कमब्याक गर्ने तयारीमा छन् ।
  • 3
    Shares

Leave a Reply

avatar
  Subscribe  
Notify of