‘प्रसाद’ को एक हप्तामा २ करोड ब्यापार: (बक्सअफिस)

15 डिस, 2018
519 पटक हेरिएको

रेतिन्ग्स :

दिनेश राउतको निर्देशन तथा सुभाष थापाको निर्माणमा बनेको फिल्म ‘प्रसाद’ले पहिलो हप्ताको सुखद प्रदर्शन पस्चात दोश्रो सातामा प्रवेश गरेको छ । फिल्मलाई दोश्रो हप्ता प्रवेश हुँदै गर्दा मल्टिप्लेक्सले यतिबेला पनि प्राथमिकता दिइरहेको छ, सिंगल स्कृनमा पनि फिल्मको प्रदर्शन उच्च छन् ।

शुक्रबारबाट आठ औँ दिनमा प्रदर्शनमा लागेको फिल्मले पहिलो हप्तामा २ करोड भन्दा बढिको बिजनेस पाएको निर्माण टिम तथा वितरण कम्पतिबाट प्राप्त रिपोर्टले बताउछ। वितरक गोविन्द शाहिलाई उधृत गर्दै निर्माता थापाले दिएको बिजनेस विवरण अनुसार यो फिल्मले पहिलो हप्तामा २ करोड ७ लाख ५ हजार २ सय ८१ रुपैयाँको कलेक्सन गर्न सफल भएको छ ।

प्रदर्शनको सुरुवाती सुई दिनमै १ करोडमाथीको विजनेस गरेको फिल्मले त्यसपछि पनि आफ्नो कलेक्सनलाई ‘होल्ड’ गर्दै लगेको उल्लेखित तथ्याङ्क बोल्छ । ग्रामिण परिवेशका निः सन्तानपना बोकेको एक दम्पतिको कथा बोल्ने फिल्मको स्कृप्ट सुशिल पौडेलले कोरेका हुन् ।

नम्रता श्रेष्ठ, विपिन कार्की र निश्चल बस्नेत स्टारर फिल्मलाई समिक्षक तथा दर्शक सबैले तारिफ दिएका छन् । केहि फिल्म विश्लेषक भने फिल्मको क्लाइमेक्सप्रति विभाजित छन् ।

  • 10
    Shares

Leave a Reply

avatar
  Subscribe  
Notify of