‘प्रसाद’, मल्टिप्लेक्समा दर्शकको उच्च चाप

8 डिस, 2018
1852 पटक हेरिएको

शुक्रबार देखी  चलचित्र ‘प्रसाद’ रिलिज भएको छ । गीतसंगीत र ट्रेलरका कारण चर्चामा आएको यो चलचित्रले बलिउडको ठूलो चलचित्र मानिएको ‘केदारनाथ’सँग प्रतिस्पर्धा गरेको छ । तर, यो चलचित्रले बक्स अफिसमा बाजी मार्ने संकेत देखिएको छ ।

काठमाण्डौको क्यूएफएक्स चेन अन्र्तगतको ५ वटा हलमा यसलाई सुरुवातमा १२ शो दिइएको थियो । अहिले चलचित्रलाई क्यूएफएक्सले १६ शो दिएको छ । शुक्रबार चलचित्रको अधिकांश शोमा दर्शकको चाप उच्च देखिएको छ । शनिबार पनि चलचित्रको बुकिङ आक्रामक देखिएको छ । प्रिमियरबाट समेत उच्च तारिफ कमाएको यो चलचित्रले दर्शकको मन जित्ने संकेत देखिएको छ ।

दिनेश राउतको निर्देशनमा तयार भएको यो चलचित्रलाई सुवास थापाले निर्माण गरेका हुन् । सुशिल पौडेलको कथामा तयार भएको चलचित्रमा विपिन कार्की, नम्रता श्रेष्ठ, निश्चल बस्नेतको मुख्य भूमिका छ । सन्तान नहुँदाको पीडा भोगेका एक दम्पत्तीको कथामा यो चलचित्र बनेको छ ।

Leave a Reply

avatar
  Subscribe  
Notify of